२७ जेठ २०८३, बुधबार

भन्सार छलेर ल्याइएका ४१ लाख बढीका सामान बरामद

Logo
Pulse Khabar बुधबार, जेठ २७, २०८३

लुम्बिनी:रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मङ्गलबार खानतलासी गर्दा भन्सार छलेका विभिन्न सामान बरामद गरेको छ ।

सामानहरू लुकाइछिपाई राखिएको सूचनाका आधारमा छापा मार्दा प्रहरीले भन्सार छलेका सामान बरामद गरेको हो । सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित कोठहीमाई पथमा रहेको एक व्यापारीको गोदाममा खानतलासी गर्दा भन्सार छलेका रु ४१ लाख ३२ हजार २२४ मूल्यबराबरका विभिन्न सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

खानतलासी गर्दा रु २३ लाख ३२ हजारबराबरको ५३ बोरा खरबुजाको बीउ, रु पाँच लाख ७० हजार २४० मूल्यबराबरको ४४ कार्टुन कोलगेट, रु ११ लाख ३५ हजार मूल्यबराबरको २२७ बोरा ओखर, रु ९५(पन्चान्नब्बे) हजार मूल्यबराबरको ३८ बोरा मकै बरामद गरिएको हो । प्रहरीले बरामद गरेका सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206