२७ जेठ २०८३, बुधबार

मौसम अपडेट: देशभर वर्षा हुने

Logo
Pulse Khabar बुधबार, जेठ २७, २०८३

काठमाडौं: नेपालमा पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायम रहेकाले आज (बुधबार) देशका सातै प्रदेशमा वर्षा हुने पूर्वानुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने विभिन्न स्थानमा चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ । मुलुकका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ ।महाशाखाले दिउँसो विशेषगरी कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । सुदूरपश्चिमको तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान छ ।

यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा भने तापक्रम बढ्ने भएकाले तातो दिनको अनुभूति हुन सक्ने महाशाखाले जनाएको छ । रातको समयमा पनि मौसम पूर्ण रूपमा सुधार नहुने देखिएको छ । देशभर सामान्य बदली रहने अनुमान गरिएको छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना छ । कर्णाली प्रदेशसहित सबै प्रदेशका हिमाली भू–भाग तथा सुदूरपश्चिमका पहाडी क्षेत्रका थोरै स्थानमा पनि वर्षा हुन सक्ने बताइएको छ ।महाशाखाले वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । मौसमको पूर्व जानकारी लिएर मात्रै यात्रा तय गर्न पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206