२७ जेठ २०८३, बुधबार

सांस्कृतिक संस्थानको आयोजनामा राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने

Logo
Pulse Khabar मंगलबार, जेठ २६, २०८३

काठमाडौँ: सांस्कृतिक संस्थानको ५४औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ ।

सांस्कृतिक संस्थानले आज यहाँ प्रतियोगी तथा पत्रकार समक्ष विशेष भेटघाट कार्यक्रमको आयोजना गरी सोबारे जानकारी दिएको हो । उक्त प्रतियोगिता आउँदो असार ३, ४ र ५ गते सांस्कृतिक संस्थानको मेगाहल, जमलमा आयोजना गरिने संस्थानका महाप्रबन्धक किरणबाबू पुनले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “सांस्कृतिक संस्थानको ५४औँ वार्षिकोत्सवको अवसरमा हामीले पहिलो पटक राष्ट्रिय दोहोरी गीत प्रतियोगिता आयोजना गर्दैछौँ । यो आफैँमा खुसीको कुरो हो ।”

उक्त राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ मा २५ वटा समूहको सहभागिता रहने तथा असार ५ गते वार्षिकोत्सवका दिन पुरस्कार वितरणसहित सम्मान गरिने महाप्रबन्धक पुनले बताउनुभयो । आज आयोजित कार्यक्रममा वरिष्ठ लोकदोहरी गायक बद्री पङ्गेनी, गायिका मन्जु पौडेललगायत सहभागिता रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206