२७ जेठ २०८३, बुधबार

विराटनगरमा पहिलो पटक बालसंस्कार केन्द्र सञ्चालनका लागि ’भजन क्लब्बिङ कन्सर्ट ’ कार्यक्रम आयोजना हुने,

Logo
सौरभ फुयल मंगलबार, जेठ २६, २०८३

विराटनगरमा युवाहरूलाई लक्षित गर्दै पहिलो पटक अनौठो र आधुनिक शैलीको ’भजन ज्यामिङ’ (“भजन क्लब्बिङ कन्सर्ट”) कार्यक्रम आयोजना हुने भएको छ ।

ह्यालट्याग इभेन्ट र विश्व हिन्दू परिषद् नेपालको संयुक्त सहकार्य गरेर मोरङ जिल्लामा बालसंस्कार केन्द्र सञ्चालनका लागि कार्यक्रम आयोजना हुन लागेको हो । ह्यासट्याग इभेन्टले मङ्गलवार पत्रकार सम्मेलन गरेर सनातन धर्मको संरक्षण, संवद्र्धन तथा धार्मिक जागरण जगाउने उद्देश्यका साथ २०८३ जेठ ३० गते शनिवार विराटनगरको जैन भवनमा “भजन क्लब्बिङ कन्सर्ट” आयोजना गर्न लागेको जानकारी गराए । ह्यासट्याग इभेन्टले विराटनगरमा “भजन क्लब्बिङ कन्सर्ट” आयोजना गर्नका लागि अध्यक्षको जिम्मेवारी कौशल अग्रवाललाई दिएको छ ।

नितेशकुमार र रोहन साह “भजन क्लब्बिङ कन्सर्ट” आयोजक समितिको सचिव र कोषाध्यक्ष रहेका छन् । साथै सचिव नितेशकुमारले पछिल्लो समय युवा पुस्तामा बढ्दै गएको नशा गर्ने (दुव्र्यसनी) प्रवृत्तिलाई निरुत्साहित गरी संगीत र मनोरञ्जनको माध्यमबाट सनातन संस्कृतिको संरक्षण गर्न साथै नसा मुक्त युवा समाज निर्माणका लागि मोरङ जिल्लामा बालसंस्कार केन्द्र ट्यूसन सेन्टर सञ्चालन गर्ने र त्यसका लागि कोषमा आर्थिक रकम जम्मा गर्ने उद्देश्यका साथ “भजन क्लब्बिङ कन्सर्ट” आयोजना गर्न लागेको बताए । कार्यक्रममा धार्मिक भजन, सांस्कृतिक प्रस्तुति तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने विविध कार्यक्रम समावेश गरिनेछन्। ह्यालट्याग इभेन्टका अध्यक्ष कौशल अग्रवालका अनुसार कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न सामाजिक तथा धार्मिक संघ–संस्थाहरू र सञ्चार माध्यमहरूसँग प्रचार–प्रसारका लागि सहयोगको अपिल समेत गरिएको छ । यस कार्यक्रमले युवाहरूमा धार्मिक एवं सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने र सनातन संस्कृतिको प्रवद्र्धनमा बलियो टेवा पुर्‍याउने विश्वास आयोजक समितिले लिएको छ । “भजन क्लब्बिङ कन्सर्ट” मार्फत १७ लाख रुपैयाँ आम्दानी हुने र १२ लाख रुपैयाँ खर्च हुने सचिव नितेशकुमारले बताए ।

अध्यक्ष कौशल अग्रवालले कार्यक्रमबाट बचत भएको ५ लाख रुपैयाँ कोषमा जम्मा गरेर बालसंस्कार केन्द्र सञ्चालनमा ल्याउने बताएका हुन् ।पत्रकार सम्मेलनमा विश्व हिन्दु परिषद् नेपालका सल्लाहकार नवलप्रसाद उपाध्याय,अरविन्द ठाकुरको सहभागीता रहेको थियो । साथै इभेन्टका सदस्य कुनाल अग्रवाल, मन्नु रौनियार, बिजय साह, सन्दिप साह, आलोक साह, सुमन साह, नितिन जयसवाल पत्रकार सम्मेलनमा सहभागी थिए । साथै कार्यक्रममा चर्चित भजन गायक गजेन्द्र प्रताप सिंह को विशेष प्रस्तुति रहनेछ।

           

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206