२७ जेठ २०८३, बुधबार

एसियाली खेलकुद छनोट: उपाधिका लागि आज नेपालले हङकङको सामना गर्ने

Logo
Pulse Khabar सोमबार, जेठ २५, २०८३

काठमाण्डौ – एशियाली खेलकुद छनोट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल सिंगापुरको नेश्नल क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजे शुरु हुनेछ । नेपालले सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै फाइनलमा पुगेको हो । यता दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । नेपाल र हङकङबीच अहिलेसम्म १४ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएका छन् । जसमध्ये नेपालले ७ खेल जितेको छ भने हङकङ ५ खेलमा विजयी भएको छ । दुई खेल नतिजाविहीन सकिएको छ । यसअघि आजै तेस्रो स्थानका लागि मलेसिया र ओमानबीच बिहान ७ बजेर १५ मिनेटमा प्रतिस्पर्धा हुँदैछ । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल उपाधि जित्ने लक्ष्यसहित आज मैदान उत्रनेछ । नेपालसँगै मलेसिया, हङकङ र ओमान एशियाली खेलकुदको लागि छनोट भइसकेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206