२२ जेठ २०८३, शुक्रबार

‘ग्रिन पोखरा, क्लिन पोखरा’: सुन्दर नगरीलाई स्वच्छ र हराभरा बनाउने महाअभियान सुरु

Logo
Pulse Khabar शुक्रबार, जेठ २२, २०८३

गण्डकी: पोखरालाई स्वच्छ र हराभरा बनाउने उद्देश्यले सुरु गरिएको ‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियानअन्तर्गत आज छ हजार बढी बोटबिरुवा रोपिएको छ ।

विश्व वातावरण दिवसको अवसर पारेर पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा वृक्षरोपण गरिएको हो ।नगरप्रमुख धनराज आचार्यको उपस्थितिमा पोखरा उपत्यका नगर विकास समितिको कार्यालय परिसरमा विभिन्न प्रजातिका फलफूलका बोट रोपिएको नगर कार्यालयले जनाएको छ । पोखरालाई हरित सहरका रूपमा विकास गर्न ‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियान थालिएको नगरप्रमुख आचार्यले बताउनुभयो । सोहीअन्तर्गत पोखरामा मेगा वृक्षरोपण अभियान सञ्चालन भइरहको उहाँको भनाइ छ ।महानगरले हरेक परिवारलाई आआफ्नो स्थानमा बोटबिरुवा लगाएर उक्त अभियानमा योगदान गर्न आह्वान गरेको छ । घर तथा पसल अगाडि लगाइएका बिरुवाको नियमित गोडमेल तथा संरक्षण गर्न महानगरले सर्वसाधारणलाई अनुरोध गरेको छ । सहरको सौन्दर्यीकरणसँगै वातावरणीय स्वच्छता प्रवर्द्धनका लागि महानगरले पोखराका मुख्य सडक क्षेत्रमा फूल रोप्न सुरु गरेको हो ।वन विज्ञापन अध्ययन संस्थापन र वन तथा वातावरणविज्ञको सुझावका आधारमा वृक्षरोपण अभियान सञ्चालन गरिएको नगरप्रमुख आचार्यले उल्लेख गर्नुभयो । उहाँका अनुसार पोखराको सात सय किमी सडक, झन्डै ६७ किमी नदी तथा खोलाकिनार, २९ (उनन्तिस)सार्वजनिकस्थलको एक सय २५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका दुई लाख २६ हजार बोटविरुवा लगाउने महानगरको योजना छ ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले ‘ग्रिन पोखरा, क्लिन पोखरा’को अभियानलाई सार्थक तुल्याउन नगरवासीले आफ्नो घरछेउका बोटबिरुवा संरक्षणको दायित्व लिनुपर्ने बताउनुभयो । वातावरणलाई सफा, स्वच्छ र हराभरा बनाउनका लागि महानगरपालिका सधैँ नगरवासीको साथमा रहेको उहाँको भनाइ छ । विज्ञहरूको सुझावअनुसार महानगर क्षेत्रमा वर, पिपल, शमी, पैयुँ, कोइरालो, टाँकी, लालीगुराँस, असारे, आँप, अमला, अशोका, कल्की फूल, राइखन्यु, गुलमोहर, बैँस, लालुपाते, कागज पाते, पालम, धुपी, बाँस, खयर, सिसौ, पाखुरी, राजवृक्ष, रातो पाते, सिना एक्साटाविलिस, टिकोमा, कपुर, लिची, किम्बु, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जङ्गली केरालगायत बोटबिरुवा रोप्न सकिन्छ ।गण्डकी प्रदेश राजधानी पोखरामा भइरहेको बढ्दो आवादी र तीव्र सहरीकरणले वातावरणीय स्वच्छतामा चुनौती थपिएको छ । बेलाबेलामा यहाँको वायु गुणस्तर पनि खस्कने गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206