२१ जेठ २०८३, बिहिबार

‘बालेन प्रभाव’ ले बढायो डीडीसी उत्पादनको माग, मूल्यवृद्धिले उपभोक्ताको भान्सामा भार

Logo
Pulse Khabar बिहिबार, जेठ २१, २०८३

विराटनगर । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनमा अचानक उच्च माग देखिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत डीडीसीका उत्पादनको प्रयोग र प्रचार गरेपछि बजारमा माग बढेको हो । तर, माग बढेसँगै संस्थानले आफ्ना मुख्य उत्पादनहरूको मूल्यमा सुटुक्क वृद्धि गरेको छ ।

विक्रेताहरूका अनुसार डीडीसीले दूध, दही, घिउ र पनिरको मूल्यमा २ रुपैयाँदेखि १०० रुपैयाँसम्म मूल्य वृद्धि गरेको छ । प्रतिलिटर १५० रुपैयाँमा बिक्री हुँदै आएको दहीको मूल्य १६० रुपैयाँ पुर्‍याइएको छ । २०० ग्रामको कप दहीमा ५ रुपैयाँ बढाएर ४५ रुपैयाँ र आधा लिटरको बट्टामा ५ रुपैयाँ बढाएर ८५ रुपैयाँ कायम गरिएको छ ।दूधमा आधा लिटरको प्रति पोका १ रुपैयाँ वृद्धि गरिएको छ । यसअघि ४९ रुपैयाँमा पाइने ‘स्ट्यान्डर्ड’ दूधको मूल्य अब ५० रुपैयाँ पुगेको छ । एक लिटरको १०० रुपैयाँ पर्नेछ । यद्यपि, ‘फुल क्रिम’ दूधको मूल्य भने यथावत राखिएको छ ।घिउको मूल्यमा एकैपटक प्रतिलिटर १०० रुपैयाँ वृद्धि गरिएको छ । यसअघि प्रतिलिटर ११५० रुपैयाँ पर्ने घिउलाई अब १२५० रुपैयाँ तिर्नुपर्नेछ । पनिरमा प्रतिकिलो ५० रुपैयाँ वृद्धि गरी ८७५ रुपैयाँ कायम गरिएको छ ।विराटनगरका व्यापारी अनिल बरालका अनुसार डीडीसीको उत्पादन भाउ बढे पनि बिक्रीमा कमी आएको छैन । तर, बजारमा खुला दूध ८० रुपैयाँ लिटर पाइने अवस्थामा डीडीसीको दूध १०० देखि १२० रुपैयाँ पुग्दा सर्वसाधारणलाई भने केही आर्थिक भार थपिएको छ ।डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार प्रधानमन्त्रीले डीडीसीका उत्पादन प्रवर्धन गरेपछि बजारमा माग बढेको छ ।

‘प्रधानमन्त्रीज्यूले डीडीसीका उत्पादन प्रयोग गर्न प्रोत्साहन गरेपछि बजारमा सकारात्मक सन्देश गएको छ,’ पाण्डेले भने, ‘अहिले माग यति धेरै छ कि हामीलाई मौज्दात व्यवस्थापन गर्न र उत्पादन क्षमता बढाउन दबाब परेको छ ।’विशेषगरी लेकाली र हिमाली क्षेत्रबाट संकलन गरिने घिउ र चिजको माग अत्याधिक रहेको संस्थानले जनाएको छ । बजारमा मागअनुसार आपूर्ति सुनिश्चित गर्न उत्पादन प्लान्टहरूको क्षमता विस्तार र संकलन केन्द्रहरूको सुदृढीकरणमा ध्यान केन्द्रित गरिएको पाण्डेले बताए ।महाप्रबन्धक पाण्डेले ‘मूल्य वृद्धि’ नभई ‘मूल्य समायोजन’ गरिएको बताए । निजी क्षेत्रका दुग्ध उत्पादनको तुलनामा डीडीसीको मूल्य अझै पनि सुलभ रहेको उनको दाबी छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206