२१ जेठ २०८३, बिहिबार

मृत्युलाई जितेर फर्किए शेर्पा: सगरमाथाको खोंचबाट ५ दिनपछि सकुशल उद्धार

Logo
Pulse Khabar बिहिबार, जेठ २१, २०८३

काठमाडौँ: सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा शेर्पाको जीवितै उद्धार गरिएको छ । यही जेठ १६ गतेदेखि बेपत्ता भएका आरोहण दलका सहयोगी शेर्पालाई पाँच दिनपछि आज जीवितै उद्धार गरेर काठमाडौँ ल्याइएको हो ।

पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमले जेठ १६ गतेदेखि बेपत्ता शेर्पाको सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीले सगरमाथा आधार शिविर नजिकैको ‘क्र्याम्पोन पोइन्ट’मा फेला पारेका जानकारी दिनुभयो । बेपत्ता शेर्पालाई समितिका कर्मचारीले ‘क्र्याम्पोन पोइन्ट’बाट बोकेर गोरकशेपसम्म ल्याएका थिए । गोरकशेपबाट भने अल्टिच्युड एयरको हेलिकप्टरबाट काठमाडौँको ह्याम्स अस्पतालमा ल्याएर उपचार भइरहेको सूचना अधिकारी गौतमले बताउनुभयो ।

विभागले खोजी कार्यमा सहयोग गर्ने सम्बन्धित एजेन्सी, सरोकार भएका निकाय र उद्धारमा संलग्न सबैलाई धन्यवाद दिँदै शेर्पाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।ओखलढुङ्गाका शेर्पा ‘एट के इन्टरनेशनल एभरेष्ट एक्सपिडिसन स्प्रिङ टिम ए’ का तर्फबाट सहयोगी कामदारका रूपमा आरोहणमा संलग्न रहँदै आएका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206