२० जेठ २०८३, बुधबार

मुस्ताङमा पर्यटनको बहार: पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

Logo
Pulse Khabar बुधबार, जेठ २०, २०८३

मुस्ताङ: मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जनवरीदेखि मेसम्म सार्क राष्ट्रका एक लाख २९ हजार ३४१ र अन्य राष्ट्रका १३ हजार ३९८(तीन सय अन्ठान्नब्बे) जनाले यहाँ भ्रमण गरेका हुन् । मे महिनामा मात्रै ६५ हजार ९९४ ( नौ  सय चौरान्नब्बे) जना विदेशी पर्यटक यहाँ आउँदा तीमध्ये सार्क राष्ट्रका ६१ हजार ७९८ (सात सय अन्ठान्नब्बे ) र अन्य राष्ट्रका चार हजार १९६ ( एक सय छयान्नब्बे) रहेका एक्याप कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो । अघिल्लो वर्षको जनवरीदेखि मेसम्म ५५ हजार ७५३ जना विदेशी पर्यटक यहाँ भित्रिएकामा सन् २०२६ को सोही अवधिमा ८६ हजार ९८६( नौ सय छयासी) जना विदेशी पर्यटक भ्रमणमा आएको एक्यापले जनाएको छ ।

सन् २०२६ को पाँच महिनामा सार्कका ९१ (एकान्नब्बे)  प्रतिशत र अन्य राष्ट्रका नौ प्रतिशत पर्यटक मुस्ताङ आएका हुन् । सार्कतर्फ भित्रिएका पर्यटकको सङ्ख्यामध्ये करिब शतप्रतिशत भारतीय रहेको एक्याप प्रमुख गुप्ताले जानकारी दिनुभयो । मे महिनामा मात्रै सार्कतर्फ ९४ प्रतिशत र अन्यतर्फ छ प्रतिशत विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका उहाँले बताउनुभयो । गर्मी बिदाको अवसर पारेर यहाँ आएका भारतीय पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी मुक्तिनाथ दर्शन गर्न जाने गरेको गुप्ताले जानकारी दिनुभयो । सन् २०२५ मा एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206