२० जेठ २०८३, बुधबार

मौसम अलर्ट :५ प्रदेशमा वर्षाको सम्भावना

Logo
Pulse Khabar बुधबार, जेठ २०, २०८३

काठमाडौं:पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावका कारण आज (बुधबार) देशका विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ । महाशाखाले लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको जनाएको छ ।बुधबार दिउँसो देशभरको पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रमा अत्यधिक गर्मी महसुस हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।राति भने देशको हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । रातिको समयमा कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206