१९ जेठ २०८३, मंगलबार

पूर्वी पृतनामा ‘पृतनापति ट्रफी २०८३ सुरु

Logo
Pulse Khabar मंगलबार, जेठ १९, २०८३

धरान : नेपाली सेनाद्वारा वार्षिक रुपमा सञ्चालन हुँदैआएको यस वर्षको पृतनापति ट्रफी प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । पूर्वी पृतना मुख्यालय इटहरीमा सुरु भएको प्रतियोगिता फुटबल, भलिबल, बास्केटबल, पौडी, बक्सिङ, जुडो, तेक्वान्दो र एथलेटिक्स गरी आठ खेल विधा समावेश गरिएका छन् ।

यही जेठ ३१ गते सम्म हुने प्रतियोगितामा ८२० जना पुरुष र १७६ जना महिला खेलाडीको सहभागिता रहेको छ ।
पूर्वी पृतना हेडक्वाटरअन्तर्गतका तीन बाहिनी १० गण तथा चार वटा गुल्मका सैनिक खेलाडी प्रतियोगितामा सहभागी भएका छन् ।

उत्कृष्ट खेल प्रतिभाहरुको खोजी गर्दै खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुदमा स्थापित गर्न नेपाली सेनाले विसं २०६५ देखि प्रधान सेनापति ट्रफी सञ्चालन गर्दै आइरहेको छ ।

प्रधान सेनापति ट्रफी २०८३ मा पूर्वी पृतनाबाट राम्रो नतिजा ल्याउन तथा राष्ट्रिय र अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले पृतनापति ट्रफी प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।

प्रतियोगिताका उत्कृष्ट टोली तथा खेलाडीले आगामी भदौमा काठमाडौँमा आयोजना हुने प्रधान सेनापति ट्रफीमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्ने पूर्वी पृतनाले जनाएको छ ।

प्रतियोगीता समारोहलाई सम्बोधन गर्दै सेनाका पूर्वी पृतनापति गौरवकुमार केसीले केन्द्रीयस्तरको प्रधान सेनापति ट्रफीका लागि छनोट तथा आधारस्तम्भका रूपमा रहेको यस प्रतियोगिताले सैनिक खेलाडीलाई आफ्नो खेल, कौशल र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको बताउनुभयो ।

उहाँले प्रतियोगितामा हासिल हुने सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नरही सम्बन्धित युनिट तथा समग्र पृतनाको प्रतिष्ठा गौरव र गरिमासँग जोडिएको उल्लेख गर्नुभयो ।

पृतनापति केसीले खेललाई सामूहिक भावना, आपसी सहयोग, अनुशासन र सहनशीलता अझ महत्वपूर्ण पक्ष भएको बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206