१९ जेठ २०८३, मंगलबार

न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्नेछुः प्रधान न्यायाधीश डा शर्मा

Logo
Pulse Khabar मंगलबार, जेठ १९, २०८३

काठमाडौँ: प्रधान न्यायाधीश डा मनोजकुमार शर्माले न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ ।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पत्रकारहरूले आज उहाँसँग गरेको भेटमा आज उहाँले न्याय क्षेत्रको सुधार गरी सुशासन कायम गर्ने सबैलाई साथमा लिएर अगाडि बढ्ने बताउनुभएको हो ।

प्रधान न्यायाधिश डा शर्माले भन्नुभयो,“आमनागरिकले न्यायपालिकाप्रति राखेको अपेक्षा, स्वच्छ, निष्पक्ष, छिटो छरितो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन एवम सुशासनसम्बन्धी विषयमा मैले कार्ययोजनामा नै राखेको छु । आकस्मिक रूपमा जिम्मेवारीमा आएको छु, सोहीअनुसार काम गरेर देखाउछु ।”

न्यायपालिकामा गर्नुपर्ने सुधारका विविध विषय समेटेर तयार गरिएको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना र कार्ययोजनालाई सुधारको मूल आधार बनाउने उहाँको भनाइ थियो ।

भेटमा मञ्चका अध्यक्ष कालिका खड्का, पूर्वअध्यक्षहरू यम वीरही, लीलाधर उपाध्याय, दुर्गा दुलाललगायतले न्याय निष्पक्ष, सरल, छिटो हुनुपर्ने र आमजनताले न्यायको महसुस हुने गरी न्याय दिनुपर्नेलगायत विषयमा सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206