१८ जेठ २०८३, सोमबार

अनुदानको मल बिक्री गरिँदै

Logo
Pulse Khabar सोमबार, जेठ १८, २०८३

विराटनगर:कोशी प्रदेशमा किसानलाई अनुदानको मल बिक्री गर्न ‘रासायनिक मल अनुदान निर्देशिका २०८२’ लागू गरिने भएको छ ।

पालिका उपाध्यक्ष, कृषि विकास अधिकृत र प्रशासकीय अधिकृतसहितको समितिले निर्णय गरेर रासायनिक मल वितरण गर्न लागिएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख कमल पोखरेलले बताउनुभयो ।कोशी प्रदेशको १४ जिल्ला र मधेस प्रदेशका सिरहा र सप्तरी जिल्लामा मौज्दातका रुपमा रहेको डिएपी, युरिया, पोटास र कृषि चुन गरी कुल १५ हजार ९२१ ( नौ सय एक्काइस ) मेट्रिक टन बिक्री गर्न लागिएको हो ।

जसमा डिएपी एक हजार ८२९(आठ सय उनन्तिस) मेट्रिक टन, युरिया १० हजार ८४२ मेट्रिक टन, पोटास तीन हजार ९१(एकान्नब्बे) मेट्रिक टन र कृषि चुन १५९ ( एक सय एकाउन्न) मेटिक टन रहेको छ ।वितरण गरिने डिएपी ५० केजी ९ (नौ) एक बोराको रु दुई हजार २००, युरिया ५० केजीको रु ७५०, पोटास ५० केजीको एक रु एक हजार ६०० र कृषि चुन ५० केजीको रु ४३० कायम गरि बिक्री गरिने भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206