विराटनगर:विद्युतमा आएको प्राविधिक समस्याका कारण विराटनगर क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार दुहबी ग्रिडस्थित टंकी सबस्टेसनसम्म आउने ३३ केभी प्रसारण लाइनमा फाल्ट भएपछि टंकी सबस्टेसनबाट सञ्चालन भइरहेका सबै लाइन बन्द भएका हुन्।प्राधिकरणले प्राविधिक टोली परिचालन गरी समस्या समाधानको काम तीव्र रूपमा अघि बढाएको जनाएको छ। हाल मर्मत तथा परीक्षण कार्य जारी रहेको र विद्युत आपूर्ति पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताइएको छ।प्राधिकरणका अनुसार समस्या समाधान भएपछि विद्युत सेवा आज दिउँसो करिब १ बजेसम्म पुनः सुचारु हुने अनुमान गरिएको छ।
