१७ जेठ २०८३, आइतबार

मौसम पूर्वानुमानः कस्तो छ आजको मौसम ?

Logo
Pulse Khabar आइतबार, जेठ १७, २०८३

विराटनगर: जल तथा मौसम विभागका अनुसार नेपालमा वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिम देखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ ।बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी प्रदेशको केहि स्थानहरूमा मध्यम वर्षा तथा गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको भइरहेको छ ।आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली भूभागमा साधरणतया बादल, पहाडी भूभागमा तथा लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई, कोशी र बागमती प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206