१७ जेठ २०८३, आइतबार

विद्यार्थी कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

Logo
Pulse Khabar आइतबार, जेठ १७, २०८३

काठमाडौं:विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई नियन्त्रणमा लिएको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीस्थित श्री तासिर इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक ४५ वर्षीय अच्युत ओझालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जेठ ७ गते दिउँसो १२ः४० बजेतिर कक्षा ८ मा अध्ययनरत १२ वर्षीय एक विद्यार्थीलाई शिक्षक ओझाले कक्षा कोठामै कुटपिट गरेको आरोप छ। घटनापछि पीडित बालकका अभिभावकले जेठ १६ गते प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएपछि घटना बाहिर आएको हो ।जाहेरी दिएपछि शिक्षक ओझालाई हेटौँडा–६ पुतली बजारस्थित उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

कुटपिटबाट घाइते भएका विद्यार्थीको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ। विद्यार्थीको टाउकोमा चोट लागेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका शिक्षकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी बालबालिकाविरुद्ध कसुर सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206