१७ जेठ २०८३, आइतबार

आजको मौसम:सातै प्रदेशमा वर्षाको सम्भावना

Logo
Pulse Khabar शनिबार, जेठ १६, २०८३

काठमाडौं: देशभर आज (शनिबार) मौसम बदली भई सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक फैलिएको न्यून चापीय रेखाको प्रभावका कारण मौसम प्रभावित बनेको हो । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ ।केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको राजधानी विराटनगरसहित पूर्वका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ ।

शनिबार दिउँसो देशका पहाडी र तराईका विभिन्न स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ । विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । तराई तथा पहाडी क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी पनि दिइएको छ ।राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षाको सम्भावना रहनेछ । कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206