१४ जेठ २०८३, बिहिबार

गोल्डकप खेल्न नेपाली टोली भारत प्रस्थान, सफलताको कामनासहित बिदाइ

Logo
Pulse Khabar बिहिबार, जेठ १४, २०८३

दोधारा चाँदन: भीमदत्त नगरपालिका र कञ्चनपुर जिल्ला क्रिकेट सङ्घले अल इन्डिया गोल्डकप क्रिकेट प्रतियोगिता खेल्ने नेपालको ए राष्ट्रिय टोलीको बिदाइ गरेको छ ।

आज भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम जोशी र जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले भारतको उत्तराखण्डमा सञ्चालन हुने ४२ औँ अल इन्डिया गोल्डकप क्रिकेट प्रतियोगिता खेल्ने नेपालको ए राष्ट्रिय टोलीको बिदाइ गरेका हुन् । नेपाली टोलीमा कप्तान अनिलकुमार साहको नेतृत्वमा टोली गड्डाचौकी नाका भएर भारत प्रस्थान गरेको छ । टोलीमा मयन यादव, तृत राज दास, देव खनाल, रसिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सराफ, दीपक डुम्रे, युवराज खत्री, विपिन खत्री, ललित राजवंशी र अर्जुन कुमाल छन् ।

नेपालले आगामी मे ३० मा केरलासँग पहिलो खेल खेल्नेछ । त्यसपछि नेपालले मे ३१ मा गोवा र जुन २ मा ओडिसासँग खेल्नेछ । प्रतियोगिताको क्वार्टरफाइनल जुन ४ मा, सेमिफाइनल जुन ६ मा र फाइनल जुन ७ मा हुनेछ । नेपाल ‘ए’ का प्रशिक्षक राजु बस्न्यातले नेपाली टोली उत्तराखण्डमा गएर भारतका विभिन्न राज्यका टिमसँग खेल खेल्ने बताउनुभयो । “यो भारतको प्रतिष्ठित प्रतियोगिता हो । यसले हाम्रा खेलाडीमा सकारात्मक उर्जा विकास गर्ने विश्वास छ”, उहाँले भन्नुभयो, “नेपाली खेलाडीले यहाँ खेल्न पाउँदा मनोबल बढ्ने र अनुभवका हिसाबले फलदायी हुनेछ ।”

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206