विराटनगर:विराटनगरमा जारी छैटौँ मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
विराटनगरमा जारी छैटौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली टीडब्लूसीवाई विराटनगर सेमिफाइनलमा रानीको लालीगुराँस स्पोर्टिङ क्लब पुगेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा विराटनगरले सुनसरीको इनरुवा फुटबल क्लबलाई ५–१ को फराकिलो गोल फरकमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । विराटनगरका सञ्जय लिम्बू र पूजन चौधरीले समान २–२ गोल गरे भने असिम राईले एक गोल गरेका थिए भने इनरुवाका लागि एक मात्र गोल मणि मगरले गरे ।खेलको २९ औँ मिनेटमा पूजन चौधरीले गोल गर्दै विराटनगरलाई अग्रता दिलाए ।३७ औँ मिनेटमा विराटनगरका खेलाडीले डिबक्सभित्र मणि गुरुङलाई लडाएपछि इनरुवाले पाएको पेनाल्टीको अवसर गोल गर्दै खेललाई बराबरी पारे ।
५१ औँ मिनेटमा असिम राईले गोल गर्दै टोलीलाई २–१ को स्थितिमा पुर्याए । त्यसको दुई मिनेट लगत्तै सञ्जय लिम्बूले गोल गरेपछि विराटनगर ३–१ को स्थितिमा पुग्यो । ५५ औँ मिनेटमा पूजन चौधरीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–१ गोलको अग्रता दिलाए । ६० औँ मिनेटमा सञ्जय लिम्बूले अर्को गोल थपेपछि विराटनगरले ५–१ को गोल अन्तरमा जित निकाल्यो । खेलको प्लेयर अफ द म्याच सञ्जय लिम्बूले नगद २ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो सेमिफाइनल खेल विराटनगरको टीडब्लुवाइसी फुटबल क्लब र उदयपुरको ब्रदरहुड फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।
