१२ जेठ २०८३, मंगलबार

प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता भव्य रूपमा सम्पन्न

Logo
Pulse Khabar मंगलबार, जेठ १२, २०८३

काठमाडौँ:नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा सञ्चालित प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता–२०८३ को चौथो संस्करण आज सम्पन्न भएको छ ।

यसै सन्दर्भमा आज जङ्गी अड्डामा आयोजित समापन समारोहमा प्रधान सेनापति अशोकराज सिग्देलले उक्त प्रतियोगितामा ‘च्याम्पियन’ हुने त्रिभुवन आर्मी क्लब, पुरुष एकल तथा महिला एकल प्रतियोगिताका विजेता क्रमशः प्रदीप खड्का र सिभाली गुरुङलाई ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो ।यसैगरी सो प्रतियोगिताअन्तर्गत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरूलाई पनि सो समारोहमा पुरस्कार वितरण गरिएको थियो ।

यही जेठ ४ गतेबाट सुरु भएको उक्त प्रतियोगिता जङ्गी अड्डा र दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन भएको थियो । प्रतियोगितामा १२ वटा क्लबका दुई १८ जना खेलाडीले १३ वटा विधाका खेलमा प्रतिस्पर्धा गरेका थिए । समापन समारोहमा बलाधिकृत, तीनवटै सुरक्षा निकायका प्रमुख, रथीवृन्द, नेपाल टेनिस सङ्घ तथा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, विभिन्न टेनिस क्लबमा आबद्ध पदाधिकारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206