०७ जेठ २०८३, बिहिबार

साफ महिला च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाइ

Logo
Pulse Khabar बिहिबार, जेठ ०७, २०८३

काठमाडौँ: दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुने टोलीको आज बिदाइ गरिएको छ । भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिपमा खेलाडीसहित ३१ सदस्यीय नेपाली टोलीले सहभागिता जनाउनेछ ।

उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका २३ खेलाडी, व्यवस्थापक, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षकसहितको टोली सहभागी हुनेछ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले साफ महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीलाई आज मन्त्रालयमा बिदाइ गर्नुभयो ।

सो अवसरमा मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपलब्धि प्रशंसनीय रहेको बताउनुभयो । यही जेठ ११ देखि २४ गतेसम्म भारतको गोवामा साफ महिला च्याम्पियनसिप सञ्चालन हुनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206