०७ जेठ २०८३, बिहिबार

लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमानः एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा

Logo
Pulse Khabar सोमबार, जेठ ०४, २०८३

काठमाडौँ:नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् ।

एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्डविरुद्धको खेलमा सन्दीपले तीन विकेट लिएपछि उक्त कीर्तिमानलाई तोडेका हुन् ।

स्कटल्यान्डविरुद्धको खेलमा सन्दीपले आज जर्ज मुन्सी, ब्रान्डन मकमलेन र म्याथ्यु क्रसको विकेट लिएका थिए । सन्दीपले एकदिवसीय ७३ खेलमा १५० विकेट लिन सफल भए । स्टार्कले यो उपलब्धि ७७ खेलमा पूरा गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206