३१ बैशाख २०८३, बिहिबार

दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत मोरङमा जेब्रा क्रसिङ निर्माण

Logo
Pulse Khabar बिहिबार, बैशाख ३१, २०८३

विराटनगर:मोरङ जिल्लामा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन अभियानअन्तर्गत विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ ।

इलाका प्रहरी कार्यालय नेमुवा र इलाका प्रहरी कार्यालय हरैचाले ट्राफिक प्रहरी तथा स्थानीय निकायसँगको संयुक्त पहलमा बुढीगंगा गाउँपालिका–४ र ग्रामथान गाउँपालिका–७ हरैचामा जेब्रा क्रसिङ निर्माण गरेका हुन् ।

सवारी दुर्घटना न्यूनीकरण गर्दै पैदल यात्रुको सुरक्षालाई प्राथमिकता दिने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ । स्थानीय तह, ट्राफिक प्रहरी र जनप्रतिनिधिको सहकार्यमा सडक सुरक्षा सचेतना तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने कार्यलाई निरन्तरता दिइने समेत बताइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206