३१ बैशाख २०८३, बिहिबार

एसईई पूरक परीक्षाको तालिका सार्वजनिकःअसार १ गतेदेखि सञ्चालन हुने

Logo
Pulse Khabar बिहिबार, बैशाख ३१, २०८३

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ।

बोर्डका अनुसार पूरक परीक्षा आगामी असार १ गतेदेखि असार ९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेगरी समय निर्धारण गरिएको छ । बोर्डले सार्वजनिक गरेको तालिका अनुसार तोकिएको अवधिभर विभिन्न विषयहरूको परीक्षा क्रमशः सञ्चालन गरिनेछ । नियमित एसईई परीक्षामा एक वा बढी विषयमा अनुत्तीर्ण भएका थिए वा ग्रेड सुधारको अवसरका लागि आवेदन दिएका विद्यार्थीहरु पूरक परीक्षामा सहभागी हुनेछन् ।

परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थीहरूलाई समयमै परीक्षा केन्द्रमा उपस्थित हुन, प्रवेशपत्र अनिवार्य रूपमा साथमा ल्याउन तथा परीक्षा मर्यादा पालन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206