काठमाडौं : नेपाली उपभोक्तामाझ लोकप्रिय तथा विश्वासिलो खाद्य ब्राण्ड “सीताराम” ले आफ्ना विक्रेता तथा व्यावसायिक साझेदारहरूबीच सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यका साथ “ सिताराम डिलर्स मिट २०८३ ” आयोजना गर्ने भएको छ । काठमाडौं उपत्यकाको सुकेधारास्थित मर्क्युर होटलमा आयोजना हुन लागेको उक्त कार्यक्रम यही २०८३ साल जेठ १ गते शुक्रबार दिउँसो ४ बजे हुने तय गरिएको छ ।
सीताराम गोकुल मिल्क्स काठमाडौं प्रा.लि.द्वारा आयोजित कार्यक्रममा देशका विभिन्न स्थानबाट सहभागी हुने डिलर, वितरक तथा व्यवसायीहरूको उपस्थिति रहने जनाइएको छ । कार्यक्रममा कम्पनीका उत्पादन, बजार विस्तार, गुणस्तर सुधार तथा आगामी व्यावसायिक योजनाबारे विशेष छलफल हुने अपेक्षा गरिएको छ । विशेषगरी नेपालीहरूको रोजाइमा पर्न सफल सीतारामका दुग्धजन्य तथा खाद्य उत्पादनहरू पछिल्लो समय बजारमा अत्यन्त लोकप्रिय बन्दै गएका छन् । गुणस्तरीय उत्पादन, स्वच्छता, स्वाद तथा उपभोक्ताप्रतिको विश्वासका कारण सीतारामले छोटो समयमै बजारमा आफ्नो अलग पहिचान स्थापित गर्न सफल भएको व्यवसायीहरू बताउँछन् ।
कार्यक्रममा सहभागी डिलर तथा व्यावसायिक साझेदारहरूलाई सम्मान गर्नुका साथै आगामी दिनमा कम्पनी र विक्रेताबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत विशेष जोड दिइने बताइएको छ । कम्पनीका अनुसार “रमझम अनि भेटघाटको साँझ” भन्ने नारासहित आयोजना हुन लागेको यो कार्यक्रमले व्यापारिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ ।
यस अवसरमा अधिराज्यभरिका डिलर,वितरक तथा व्यवसायीहरूलाई समेत कार्यक्रममा विशेष निमन्त्रणा गरिएको छ । कम्पनीले आफ्ना विक्रेता तथा शुभेच्छुकहरूको साथ, सहयोग र विश्वासकै कारण बजारमा निरन्तर सफलता प्राप्त गरिरहेको जनाएको छ । सीतारामका उत्पादनहरू नेपाली बजारमा स्वाद, स्वास्थ्य र गुणस्तरका हिसाबले उत्कृष्ट मानिने गरेका छन् । यही कारण बालबालिकादेखि वृद्धसम्म सबै उमेर समूहका उपभोक्तामाझ यसको लोकप्रियता बढ्दो क्रममा रहेको देखिन्छ । आगामी दिनमा अझ नयाँ स्वाद र आधुनिक उत्पादनमार्फत उपभोक्ताको मन जित्ने लक्ष्य कम्पनीले राखेको छ ।
