३० बैशाख २०८३, बुधबार

विश्वकप लिग–२ – नेपाल स्कटल्याण्डसँग २ रनले पराजित

Logo
Pulse Khabar मंगलबार, बैशाख २९, २०८३

काठमाडौं:स्कटल्याण्डले नेपाललाई २ रनले पराजित गरेको छ । डिएलएस मेथडमा २२१ रनको लक्ष्य पाएको नेपालले निर्धारित ३९ ओभरमा ७ विकेट गुमाएर २१८ रनमात्रै बनाउन सक्यो । नेपालका लागि गुल्शन झाले अन्तिमसम्म सम्भावना देखाएका थिए । ३५ बलमा ६१ रन बनाएर उनी अविजित रहे । दीपेन्द्र सिंह ऐरीले ५५, रोहित पौडेलले ३२, आसिफ शेखले २१ रन जोड्दा करण केसीले १८ रन बनाए ।

बलिङतर्फ स्कटल्याण्डका ब्राड करीले तीन, मार्क वाटले दुई तथा ओलिभर डेभिडसन र ज्याक जार्भिसले एक–एक विकेट लिए । कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेटको क्षतिमा २४३ रन जोड्यो ।

जर्ज मुन्सीले ७७, माइकल फिन्ले म्याकक्रेथले ३५, इङ्लिसलले अविजित ३४ रन जोड्दा माइकल लिस्कले २९, मार्क वाटले २४ तथा म्याथ्यु क्रसले १८ रन जोडे । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले १० ओभरमा १ मेडेनसहित ४१ रन खर्चेर चार विकेट लिए । करण केसीले ८ ओभरमा ५१ रन खर्चेर दुई विकेट लिए भने नन्दन यादवले ८ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206