२९ बैशाख २०८३, मंगलबार

विश्वकप क्रिकेट लिग दुईः स्कटल्याण्डले ब्याटिङ गर्दै

Logo
Pulse Khabar मंगलबार, बैशाख २९, २०८३

काठमाडौँ: विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भर्खरै भएको ट्समा स्कटल्याण्डका कप्तान रिची बेरिङटनले ट्स जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला बलिङ गर्ने भएको हो । यस शृङ्खलामा नेपाल र स्कटल्याण्डसँगै अमेरिका सहभागी छ्न ।

लिग २ मा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ । जसमा स्कटल्याण्ड ३४ अङ्कका साथ अङ्कतालिकाको दोस्रो स्थानमा छ । यता नेपाल भने १८ अङ्कका साथ सातौँ स्थानमा छ । नेपाल र स्कटल्याण्डबीच हालसम्म १० एकदिवसीय खेलमा आमनेसामने भएका छन् । नेपाल पाँच खेलमा विजयी हुँदा स्कटल्याण्ड चार खेलमा विजयी भएको छ । पछिल्ला पाँच भेटमा तीन खेलमा नेपाल तथा एक खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेल वर्षाका कारण रद्द भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206