२२ बैशाख २०८३, मंगलबार

प्रदेश स्तरीय भलिबलको प्रतिक्षा

Logo
Pulse Khabar मंगलबार, बैशाख २२, २०८३

दमौली : तनहुँको दमौली वैशाख २६ र २७ गते भलिबलमय हुने भएको छ । गण्डकी प्रदेश अन्तरजिल्ला भलिबल प्रतियोगिताले यसपटक खेलप्रेमी दर्शकलाई उच्चस्तरीय प्रतिस्पर्धा र रोमाञ्चक क्षणको अनुभूति गराउने निश्चित देखिएको छ ।

प्रदेशका उत्कृष्ट र चर्चित खेलाडी एउटै कोर्टमा भिड्ने भएपछि खेलको स्तर मात्र होइन, दर्शकको उत्साह पनि चरममा पुग्ने अपेक्षा गरिएको छ । नवलपुरका हिमाल सुनारी, विश्वास अधिकारी र अशोक श्रेष्ठले आक्रामक खेल देखाउने तयारीमा हुनुहुन्छ भने गण्डकी प्रदेशकै कप्तानसमेत रहनुभएका स्याङ्जाका सन्जु विक्रम शाहसहित राजन दर्लामी, सन्जोक परियार र उमेश सेन्चुरीको टिम संयोजनले खेललाई अझ रोमाञ्चक बनाउनेछ ।

त्यस्तै, बागलुङका इन्द्र विक, सन्तोष विक र कुन्जन शाहीको दमदार उपस्थितिले प्रतिस्पर्धा कडा बनाउनेछ भने आयोजक तनहुँका विवश अले (गण्डकी लिफ्टर) घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित उत्रदै हुनुहुन्छ ।

जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेका अनुसार गण्डकीका ११ वटै जिल्लाबाट महिला तथा पुरुष टोलीको सहभागिताले प्रतियोगिता झन् व्यापक र प्रतिस्पर्धात्मक बन्नेछ । खेलप्रेमीहरूका लागि यो प्रतियोगिता केवल खेल मात्र नभई उत्सवजस्तै बन्ने देखिएको पाण्डेको भनाइ छ ।

पाण्डेका अनुसार प्रतियोगितालाई व्यवस्थित, सुरक्षित र प्रतिस्पर्धात्मक बनाउन तयारी भइरहेका छन् । खेल मैदानको स्तरोन्नति, दर्शक व्यवस्थापन र खेलाडीको सुविधा सुनिश्चित गर्न विशेष ध्यान दिइएको छ ।

उहाँले भन्नुभयो, “यो प्रतियोगिता केवल जित–हारको खेल होइन, खेलाडीको प्रतिभा उजागर गर्ने मञ्च हो । गण्डकी प्रदेशका युवा खेलाडीलाई राष्ट्रिय स्तरसम्म पुग्न यसले महत्वपूर्ण भूमिका खेल्नेछ ।”

पाण्डेले प्रतियोगितालाई गण्डकी प्रदेशका सबै जिल्लाका खेलाडीको क्षमता उजागर गर्ने, उनीहरूबीच स्वस्थ प्रतिस्पर्धा विकास गर्ने र खेलकुदमार्फत सामाजिक एकता मजबुत बनाउने एउटा साझा अभियानका रूपमा लिएको उल्लेख गर्नुभयो ।

पछिल्लो समय भलिबलमा युवापुस्ताको आकर्षण बढ्दै गए पनि उनीहरूको प्रतिभालाई सही मञ्चमा पु¥याउने संरचनागत अवसर अझै पर्याप्त छैन । “हामीले धेरै प्रतिभाशाली खेलाडी गाउँ–गाउँमा देखिरहेका छौँ, तर उनीहरूलाई नियमित प्रतियोगिता, उचित प्रशिक्षण र प्रतिस्पर्धात्मक वातावरणको अभाव छ”, उहाँले भन्नुभयो, “त्यसैले यो प्रतियोगिता उनीहरूका लागि एउटा महत्वपूर्ण अवसर हो, जहाँ उनीहरूले आफ्नो क्षमता प्रमाणित गर्न सक्छन् ।”

यस प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी छनोट गरी गण्डकी प्रदेशको बलियो टोली तयार गरिनेछ । सोही टोलीले दशाँै राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206