१९ चैत्र २०८२, बिहिबार

कुस्ती टोलीलाई बिदाइ

Logo
Pulse Khabar बिहिबार, चैत्र १९, २०८२

काठमाडौँ: नेपाली कुस्ती खेलाडीले किर्गिस्तानको बिस्केकमा हुने दुई फरक अन्तरराष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । यही अप्रिल ५ तारिखदेखि १२ तारिखसम्म हुने सिनियर एसियाली कुस्ती प्रतियोगिता तथा अप्रिल १२ देखि १४ तारिखसम्म हुने सिनियर एसियाली वेल्ट कुस्ती एलिस प्रतियोगितामा खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

दुवै प्रतियोगितामा पुरुष ७४ केजीमा सुरेश चुनारा तथा ९७ केजीमा त्रिलोकीप्रसाद यादवले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । सुरेशले गत वर्ष भारतमा भएको एसियाली वेल्टमा कास्य जितेका थिए । प्रशिक्षकमा मुम्ताज अली इद्रिसी रहेका छन् । खेलाडीसहितको तीन सदस्यीय टोली यही अप्रिल ४ तारिख (चैत २४ गते) किर्गिस्तान प्रस्थान गर्नेछन् ।

अप्रिल ५ तारिखमा किर्गिस्तानमा हुने युनाइटेड वल्र्ड रेस्लिङ एसिया काउन्सिलको साधारणसभामा भाग लिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य रहेका नेपाल कुस्ती सङ्घका अध्यक्ष प्रकाशकुमार कुसारी शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछन् । टोलीलाई सफलताको शुभकामना दिँदै राखेपका सदस्य–सचिव रामचरित्र मेहताले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206