१७ बैशाख २०८२, बिहिबार

दोस्रो मिल्स भेट्रान्स गोल्डकप भोलिदेखि सुरु हुँदै

Logo
Pulse Khabar शुक्रबार, चैत्र १६, २०८०

विराटनगर । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता भोलि (शनिबार)देखि सुरू हुने भएको छ ।

विराटनगर जुट मिलको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा ग्रामथान भेट्रान्स र उर्लाबारी भेट्रान्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । मिल्स भेट्रान्स फुटबल क्बल रानीले बिहीबार पत्रकार सम्मेलन गरी चैत १७ देखि २४ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ ।

प्रतियोगितामा कोशी प्रदेश भित्रका १४ वटा भेट्रान्स फुटबल क्लबहरुको सहभागि रहेको मिल्स भेट्रान्स क्बलका अध्यक्ष इन्द्रराजा थापा (राजु) ले बताउनुभयो ।  प्रतियोगिताको बिजेता टिमले नगद ६१ हजार र उपबिजेताले नगद ३१ हजार रुपैयाँको साथै ट्रफि पाउने क्लबका सचिव सुमित डंगोलले बताउनुभयो ।

आयोजकले खेल तालिका पनि सार्वजानिक गरेको छ । समूह ‘क’ मा ग्रामथान, उर्लाबारी, जनता, मिल्स भेट्रान्स ‘ए’ र गछिया भेट्रान्स फुटबल क्बल रहेको छ । समूह ‘ख’ मा हाम्रो इटहरी, साविक बिजेत दमक लखनपुर भेट्रान्स क्लब, मिल्स भेट्रान्स ‘बी’, मर्निङ र हाम्रो धरान भेट्रान्स फुटबल क्लब रहेको छ ।

प्रथम संस्करणको मिल्स भेट्रान्सको झापा दमकको लखनपुर भेट्रान्स फुटबल क्बलले उपाधि जित्दा विराटनगरको हाटखोला भेट्रान्स क्लब उपबिजेता भएको थियो ।
प्रतियोगितामा दुई जना खेलाडी अनिवार्य ५० वर्ष पुरा भएको हुनेपर्ने र अन्य ९ जना खेलाडीहरु ४० वर्ष पुगेको हुनुपर्ने नियम आयोजकको रहेको छ ।

मिल्स भेट्रान्स फुटबल क्बलले नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले स्कुल अध्ययरत बालवालिकाहरुलाई प्रशिक्षण दिदै आएको छ । ‘यो प्रतियोगिताबाट मुनाफा भएको रकम नयाँ खेलाडी उत्पादन र खेलकुद क्षेत्रको विकासमा खर्चिनेछौं,’ अध्यक्ष थापाले भने । मिल्स भेट्रान्सले प्रत्येक वर्ष नियमित तालिका अनुसार गर्दै आएको प्रतियोगिता हो ।

 

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206