१८ बैशाख २०८२, शुक्रबार

टी २० सिरिजको फाइनलमा नेपाल पराजित

Logo
Pulse Khabar बुधबार, फाल्गुण ३०, २०८०

काठमाडौं । हङकङमा सम्पन्न टी २० सिरिज क्रिकेटको उपाधि भीडन्तमा नेपाल पराजित भएको छ । नेपाललाई हराउँदै पिएनजीले उपाधि जितेको छ । आज भएको फाइनल खेलमा पपुवा न्यू गिनीले नेपाललाई ८६ रनले गर्याे । हङकङमा पिएनजीले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपाल १६ ओभर ३ बलमा ८५ रनमा समेटिएको हो ।

नेपालका लागि सन्दीप जोराले १७, आरिफ शेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । बलिङमा पिएनजीका सेसे बाउ, काबुआ मोरिया, सेमो काम र चाड सोपरले २–२ विकेट लिए । यसअघि हङकङमा टस हारेर पहिला ब्याटिङ गरेको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।

पिएनजीका लागि ओपनर टोनी उराले ६१, अले नाओले ३०, हिला वारेले १८, किप्लिन डोरिगाले १४, चाड सोपरले १३ र हिरि हिरिले १५ रनको योगदान दिएका थिए । बलिङमा नेपालका कुशल भुर्तेल र आकाश चन्दले ३–३, गुल्सन झा र करण केसीले एकएक विकेट लिएका थिए ।

 

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206