२५ जेठ २०८२, आइतबार

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि नेदरल्याण्ड्सलाई, नेपाल ४ विकेटले पराजित

Logo
Pulse Khabar मंगलबार, फाल्गुण २२, २०८०

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गरेको छ ।
नेपालले दिएको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो । नेदरल्यान्ड्सका माइकल लेभिटले ५४, साइब्रान्ड एन्गेलब्रेच्टले ५८ रन बनाए । नेपालका कुशल मल्लले ४ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । नेपालका आसिफ शेखले ४७, गुल्सन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल भुर्तेलले २० रन बनाए । नेदरल्यान्ड्सका फ्रेड क्लासेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र साइब्रान्ड एन्गेलब्रेच्टले समान २ विकेट लिए ।

त्रिदेशीय शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र नामिबिया सहभागी थिए । नेदरल्यान्ड्स शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

 

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: news@pulsekhabar.com

बिज्ञापनको लागी:

9862006206