

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्यान्ड्सबीच खेल हुँदै छ । फाइनल खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।
नेदरल्यान्ड्स ४ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गर्दा नेपालले ४ खेलबाट ४ अंक जोड्दै फाइनल खेल्न लागेको हो । नामिबिया भने ४ खेलमा ३ अंक मात्रैै जोड्दै बाहिरिएको छ । सिरिजमा तेश्रो पटक आमनेसामने हुँदै छन् । यसअघि दुई पटक भएको खेलमा एकमा नेपाल र अर्काेमा नेदरल्याण्ड विजयी भएको थियो । पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई २ रनले पराजित गरेको थियो । दोश्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको थियो ।
सुरुवाती दुई खेलमा पराजित भएको नेपालले त्यसपछिका दुई खेलमा पुनरागमन जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । यस्तै पहिलो खेलमा नामिबियासँग हारेको नेपालले दोश्रो खेलमा नामिबियालाई पराजित गरेको थियो । दुई खेलमा जित्दै नेपाल फाइनलमा पुगेको हो ।