१७ बैशाख २०८२, बिहिबार

एभरेष्ट इन्टरहाउस फुटबल सम्पन्न

Logo
पल्स खबर बिहिबार, माघ २५, २०८०

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी इन्टर हाउस फुटबल टुर्नामेन्ट बिहीबार सम्पन्न भएको छ । प्रतियोगितामा चार समूहबाट चार- चार हाउसले सहभागिता जनाएका थिए । ती मध्ये विजयी दुई दुई टीमले उपाधिका लागि आज प्रतिष्पर्धा गरेका हुन् ।
जस अन्तर्गत कक्षा कक्षा ३, ४ र ५को समूहबाट कोशी र गण्डकी फाइनल खेलेका हुन् । जसमा कोशीले गण्डकीलाई शुन्यका विरुद्ध ३ गोल गर्दै उपाधि जितेको छ । कोशीका लागि मौसमकुमार मेहताले २ र हिमाल सागर आचार्यले १ गोल गरे । महेता प्लेयर अफ द टुर्नामेन्ट र आचार्य म्यान अफ द म्याच घोषित भए ।

कक्षा ६ र ७ को समूहबाट फाइनल खेलेका मेची र गण्डकी हाउसमा टाईब्रेकरमा गण्डकी विजयी भयो । निर्धारीत समय गोलरहित बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउट गराइएको थियो । त्यसमा पनि तीन– तीन गोलको बराबरी भएपछि टाइब्रेकरमा गण्डकी विजयी भएको हो । टाईब्रेकरमा गण्डकी विजयी म्यान अफ द म्याच सामर्थ्य पाठक र प्लेयर अफ द टुर्नामेन्ट उत्कर्ष ढकाल भए । कक्षा ८ र ९ को फाईनलमा कोशी र कर्णालीले फाईनल खेले । जसमा कोशीले ५ – ० को फराकिलो जित निकाल्यो । म्यान आफ द म्याच रुपक दाहाल हुँदा प्लेयर अफ द टुर्नामेन्ट रायन पोखरेल घोषित भए ।

छात्रा तर्फ लोटस हाउस विजयी बन्यो । निर्धारित समयमा दुबै टीमले गोलरहित बराबरी खेले । पेनाल्टीमा ३- ० अन्तरले लोटस विजयी भएको हो । उक्त समूहबाट म्यान अफ द म्याच सेबिका कटुवाल र प्लेयर अफ द टुर्नामेन्ट मानस्वी कोइराला भइन् । प्रतियोगिताका विजेता र उपबिजेतालाई विद्यालयका अध्यक्ष विनोद ढकाल, प्रीन्सिपल टिकाराम पुरी, भाईस प्रीन्सिपल टीएन भण्डारी र नारायण कडरीया लगायतले ट्रफी र मेडल वितरण गर्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206