

काठमाडौं । त्रिकोणात्मक टी २० आई सिरिजअन्तर्गत तेस्रो खेलमा आज नेपालको भेट नामिबियासँग हुँदै छ । जित्नै पर्ने दवाबमा रहेको नेपाललाई यसअघि पहिलो खेलमा नामिबियाले २० रनले हराएको थियो । आजको खेल टियु क्रिकेट मैदानमा साढे ११ बजे सुरु हुने छ ।
नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित हात पार्नु पर्ने हुन्छ । लगातार दुई खेल हारेको नेपाल आजको खेलमा पराजित भएमा फाइनल दौडबाट बाहिरिनेछ । नेदरल्यान्ड्सले नेपाललाई २ रन र नामिबियालाई ५९ रनले हराउँदै शीर्षस्थानमा छ । तर नेपालको बलिङ समस्या देखिएको छ । नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । आइतबार नामिबिया र नेदरल्यान्ड्स भिड्नेछन् । फाइनलमा पुग्न नेपालले अब बाँकी रहेका दुई खेल जित्नु पर्ने हुन्छ
।