

काठमाडौं । लेबनानलाई पराजित गर्दै नेपाल वाफ च्याम्पियनशीपको फाइनलमा पुगेको छ । गएराति भएको सेमिफाइनल खेलमा दोस्रो हाफको इन्जुरी समयमको अन्तिममा प्रिती राईले गरेको गोलमा लेवनानविरुद्ध २ १ को जीत हात पार्याे । साउदी अरेबियामा जारी वाफ च्याम्पियनशीपमा उपाधिका लागि नेपालले साविक विजेता जोर्डनको सामना गर्नेछ ।
जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडिययमा भएको दोस्रो सेमिफाइनलमा नेपालले एक गोलले पछि परेको स्थितिबाट पुनरागमन गरेको हो ।
खेलको ३८औं मिनेटमा नेपालले आत्मघाती गोल गरेपछि लेवनानले अग्रता लिएको थियो । डिफेण्डर पुजा रानाले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याक पास गोल हुँदा नेपाल पछि परेको थियो । दोस्रो हाफमा नेपालले लगातार गोल फर्काउने प्रयास गर्यो । ७६औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि बराबरी गोल गरिन् । सावित्राले रश्मीकुमारी घिसिङको पासमा गरेको प्रहार लेवानोनी गोलकिर लमिटाले रोकेपनि पूर्ण रुपमा क्लियर गर्न सकिनन् ।