१८ साउन २०८२, आइतबार

नेशनल टी २० प्रतियोगिताको खेल तालिका सार्वजनिक

Logo
Pulse Khabar सोमबार, फाल्गुण १४, २०८०

विराटनगर । विराटनगरमा हुने नेशनल टी–२० च्याम्पिनसीप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशको सामना गर्ने भएको छ । प्रतियोगिता यही फागुन २२ गतेदेखि विराटनगर १९ को गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा हुँदै छ ।

चैत ३ गते सम्म हुने प्रतियोगिताको समूह (क) मा सशस्त्र प्रहरी बलको टोली, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश, मधेश प्रदेश र कर्णाली प्रदेश छ । समूह (ख) मा नेपाल पूलिस क्लब, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश रहेको मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष मोहम्मद साद कुरैसीले बताउनुभयो । मोरङ जिल्ला क्रिकेट संघद्धारा विराटनगरमा आयोजित टेलिभिजन प्रसारणसम्बन्धी पत्रकार सम्मेलनका क्रममा संघका अध्यक्ष कुरैसीले पहिलो खेलमा गृह प्रदेशको चुनौति कर्णालीले सामना गर्ने बताउनुभयो । पत्रकार सम्मेलनका क्रममा संघका अध्यक्ष कुरैसीले प्रतियोगिताको टेलिभिजनको एकाधिकार विराटनगरको मकालु टेलिभिजनले पाएको बताउनुभयो ।

मकालु टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत दिवस सुवेदीले प्रदेशको खेल क्षेत्रलाई घर घरमा पुराउनका लागि टेलिभिजनले सक्दो प्रयास गर्ने बताउनुभयो । आर्थिक रुपमा भन्दापनि क्रिकेटलाई प्रवद्र्धन गर्नका लागि आफ्नो स्थानबाट प्रयास गरिएको अधिकृत सुवेदीले बताउनुभयो ।

दैनिक २ वटा खेल हुने प्रतियोगितामा पहिलो खेल विहान १० बजे र दिउँसो २ बजे हुने बताइएको छ । प्रतियोगिताको विजेता टोलीले ५ लाख रुपैया हात पार्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206