३१ आश्विन २०८२, शुक्रबार

भैरव अर्यालको योगदानको स्मरण

Logo
Pulse Khabar आइतबार, आश्विन १२, २०८२

काठमाडौँ: नेपाली साहित्य तथा पत्रकारितामा भैरव अर्यालले गरेको योगदानको स्मरण गरिएको छ । उहाँको स्मृतिमा प्रकाशित कल्पतरु द्वैमासिकको ११५ औँ अङ्क शनिबार यहाँ लोकार्पणसँगै उहाँले नेपाली हास्यव्यङ्ग्यको श्रीवृद्धिमा गर्नुभएको योगदानको स्मरण गरिएको हो ।सामाजिक तथा राजनीतिक विसङ्गति र विकृतिविरुद्ध अर्यालले तीक्ष्ण लेखनका माध्यमबाट देशको साहित्य भण्डारलाई समृद्ध बनाउनुभएको तथा उहाँका कविता पनि उत्तिकै सशक्त रहेका कार्यक्रमका वक्ताहरूले बताउनुभयो ।साहित्यकार गोविन्दप्रसाद घिमिरे , कल्पतरुका प्रधान सम्पादक नवराज पुडासैनी ‘ज्योत्सना’ बद्रीअर्र्याल, वसन्त रिजाल, विमलअर्याल, निर्मल अर्याल, राजन पुडासैनीले भैरव अर्यालको योगदानको समीक्षा गर्नुभएको थियो ।विसं १९९३ असोज ५ गते जन्मनुभएका अर्यालको २०३३ साल असोज १९ निधन भएको हो । उहाँका ‘जय भुँडी,’ ‘दशअवतर,’ ‘गलबन्दी,’ ‘उपवन,’ ‘इतिश्री,’ ‘काउकुती’लगायत कृतिले नेपाली हास्यव्यङ्ग्यको भण्डारलाई समृद्ध बनाएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206