१८ साउन २०८२, आइतबार

दोश्रो एकदिवसीय खेलमा नेपाल ए विजयी

Logo
Pulse Khabar मंगलबार, फाल्गुण ०८, २०८०

काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल एले क्यानडा–११ लाई २ विकेटले हराएको छ ।

क्यानडाले दिएको २ सय ४१ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेटायो । जीतका लागि नेपालका कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले । जोराले ६६, अहमदले ५२, रशिद खानले ४७ रन बनाए । क्यानडका अमोर खलिद, शाहिद अहमदजाई र निखिल दत्तले समान २ विकेट लिए । यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको क्यानडा अन्तिम बल बाँकी छँदा २ सय ४० रनमा अल आउट भयो । क्यानडाका श्रेयस मोभाले ६८ रन बनाए । नेपालका शाहब आलमले ३ विकेट लिए । यो जितसँगै ३ खेलको शृङ्खलामा १–१ को बराबरी भएको छ । पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो । शृङ्खलाको अन्तिम खेल पर्सि बिहीवार हुनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206