१८ बैशाख २०८२, शुक्रबार

वडा नम्बर १४ मदन स्मृति कबड्डीको फाइनलमा प्रवेश

Logo
Pulse Khabar आइतबार, फाल्गुण ०६, २०८०

विराटनगर १४ विराटनगरमा जारी मदन स्मृति कबड्डी प्रतियोगितको फाइनमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ४ लाई पराजित गर्दै १४ फाइनमा प्रवेश गरेको हो । आजै क्वाटरफाइनलमा वडा नम्बर १४ ले १३ लाई हराएर सेमिफाइनलमा प्रवेश गरेको थियो । यस्तै आजै भएको क्वाटरफाइनल खेलमा वडा नम्बर ३ ले वडा नम्बर १६ लाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । आज नै भएको अर्काे क्बाटरफाइनमा वडा नम्बर १७ ले वडा नम्बर ११ लाई पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ । यी दुईबिचको सेमिफाइन खेल भोलि हुने छ ।

यस्तै फाइनल खेल पनि भोलि विराटनगर १८ झटियाही स्थित विराट दरबार मैदानमा हुने छ । प्रतियोगिताको विजेता हुने टिमले नगद ३१ हजार र उपविजेता टिमले नगद २१ हजार रुपैयाँ सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी विराटनगरको आयोजनामा जारी प्रतियोगितामा विराटनगरका १४ वटा बडाको सहभागीता रहेको खेल संयोजक हमिद आजादले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206