१८ बैशाख २०८२, शुक्रबार

विराटनगरमा मदन स्मृति कबड्डी प्रतियोगिता सुरु

Logo
Pulse Khabar शनिबार, फाल्गुण ०५, २०८०

विराटनगर । आजदेखि विराटनगरमा मदन स्मृति अन्तर वडा खुला कबड्डी प्रतियोगिता सुरु भएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी विराटनगर कमिटीको आयोजनामा सुरु भएको प्रतियोगिताको नेकपा एमाले पूर्व केन्द्रीय सदस्य विनोद ढकालले उद्घाटन गर्नुभयो । प्रतियोगितामा विराटनगरका विभिन्न १४ वटा बडाको सहभागिता रहेको छ ।

तीनदिने प्रतियोगिताको पहिलो दिन आज वडा नम्बर १४,  १७  र ११ विजयी भएका छन् । वडा नम्बर १४ ले वडा नम्बर ७ लाई ९५ –२०ले हराएको हो । यस्तै वडा नम्बर १७ ले वडा नम्बर १ ले ४४ – २४ ले हराएको छ । ११ र २ नम्बर वडाबीच भएको खेलमा ११ नम्बर विजयी भयो । वडा नम्बर ११ ले ९९ – २२ ले हराएको हो । विजयी तीन टोली सेमिफाइनमा प्रवेश गरेका छन् । विराटनगर महानगर कबड्डी संघका अध्यक्ष उपेन्द्र यादवले भोलि पनि पहिलो चरणकै बाँकी खेल हुने र पर्सि सोमबार सेमिफाइनल र फाइनल खेल हुने जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले नगद ३१ हजार र उपविजेताले नगद २१ हजार तथा शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक हमिद आजादले बताउनुभयो । यस्तै उदीयमान खेलाडी र सर्वाेउत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँ पुरस्कार दिइने उहाँले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एमाले विराटनगरका अध्यक्ष सागर थापाले खेलकुद क्षेत्रको विकासको लागि महानगर कमिटी सधै तयार रहेको बताउनुभयो । उहाँले खेलको विकासका लागि स्थानीय सरकारले चासो दिन आवश्यक रहेको समेत औल्याउनु भयो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206