१६ कार्तिक २०८३, आइतबार

युवाहरूका लागि सुनौलो अवसर: घरमै बसीबसी निःशुल्क एआई सिक्ने मौका, आवेदन खुल्यो

Logo
Pulse Khabar आइतबार, कार्तिक १६, २०८३

काठमाडौं:युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले युवाहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी व्यावहारिक सीप सिकाउने उद्देश्यले निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ ।

‘एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन’ विषयक यो तालिम आगामी कात्तिक १८ र १९ गते सञ्चालन हुनेछ ।तालिम बिहान १० देखि १२ बजे र बेलुका ६ देखि ८ बजेसम्म गरी चारवटा सत्रमा सञ्चालन हुनेछ । प्रत्येक सत्रमा ५०० जनाका दरले कुल २,००० जना सहभागी हुन सक्नेछन् । तालिममा च्याटजीपीटी र क्लड जस्ता एआई उपकरणको प्रयोग, प्रम्प्ट लेखन, इमेल तथा टिपोट तयारी, तस्बिर र भिडियो निर्माण तथा एआईको जिम्मेवार प्रयोगबारे सिकाइनेछ ।युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले एआईसम्बन्धी ज्ञान केही व्यक्तिमा मात्र सीमित नभई देशभरका युवाको पहुँचमा पुग्नुपर्ने बताए ।

उनले भने, ‘प्रविधिको विकाससँगै यसबाट सिर्जना हुने अवसरहरू देशभरका सबै युवाको पहुँचमा पुग्नुपर्छ। त्यसैले यो निःशुल्क अनलाइन तालिम एआई सम्बन्धी आधारभूत ज्ञान र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको हो ।’मन्त्रालयले अनलाइन माध्यमबाट प्रत्यक्ष तालिम सञ्चालन गर्न लागेको यो पहिलो पटक हो । यसबाट प्राप्त अनुभवले भविष्यमा थप सीपमूलक तालिमहरूको पहुँच विस्तार गर्न मद्दत पुग्ने मन्त्रालयको अपेक्षा छ। इच्छुक व्यक्तिहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् र आफूलाई तोकिएको सत्रको जानकारी तालिम सुरु हुनुअघि उपलब्ध गराइनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206