१४ कार्तिक २०८३, शुक्रबार

भुटानमा हिमताल फुट्दा पश्चिम बंगालमा बितण्डा: १० हजारभन्दा बढी स्थानीय विस्थापित

Logo
Pulse Khabar शुक्रबार, कार्तिक १४, २०८३

काठमाडौं:भुटानको गसा जिल्लास्थित लेम्थाङमा हिमताल फुटेर आएको भीषण बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ ।

बाढीका कारण प्रसिद्ध पर्यटन स्थल गसा छाछु प्राकृतिक तातोपानी क्षेत्रका पूर्वाधार बगाएको छ भने पश्चिम बंगालमा १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।भुटानको राष्ट्रिय सञ्चारमाध्यम भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस) का अनुसार बाढीले दुईवटा बेली ब्रिजसमेत बगाएको आशंका गरिएको छ। लाया गाउँबाट तातोपानी क्षेत्र जाने सडकका केही भाग बगाएपछि आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। घटनामा हालसम्म मानवीय क्षति वा घाइते भएको खबर आएको छैन।भुटानको मो छु नदी हुँदै बाढी संकोश नदीतर्फ बगेपछि पश्चिम बंगाल प्रशासनले विपद् व्यवस्थापन संयन्त्र सक्रिय बनाएको छ। संकोश र यसका सहायक नदी आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह गर्दै रेड अलर्ट जारी गरिएको छ।दार्जिलिङ, डुअर्स र अलिपुरद्वार क्षेत्रमा सुरक्षाकर्मी तथा विपद् व्यवस्थापन टोली परिचालन गरिएको छ।

प्रहरी प्रमुख अमित कुमार शाहका अनुसार ४ देखि ५ हजार मानिसलाई राहत शिविरमा र ६ हजारभन्दा बढीलाई अन्य सुरक्षित स्थानमा सारिएको छ। शिविरमा खानेपानी, सुक्खा खाना र शौचालयको व्यवस्था गरिएको छ।पछिल्लो जानकारीअनुसार बाढीको बहाव केही घटेको भए पनि प्रशासनले उच्च सतर्कता अपनाएको छ। रातिको समयमा आएको बाढीका कारण भुटानमा भएको भौतिक क्षतिको पूर्ण विवरण आउन बाँकी छ।हिमतालमा पानी थुनेर राख्ने प्राकृतिक बाँध फुट्दा ठूलो परिमाणमा पानी तल्लो क्षेत्रमा बग्ने घटनालाई हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ) भनिन्छ। यस्तो बाढीले हिमाली क्षेत्रमा सडक, पुल र बस्तीमा ठूलो क्षति पुर्‍याउन सक्छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206