१३ कार्तिक २०८३, बिहिबार

बङ्गलादेशका परवेज इमोनले जनकपुरबाट एनपिएल खेल्ने

Logo
Pulse Khabar बिहिबार, कार्तिक १३, २०८३

काठमाडौँ: बङ्गलादेशका क्रिकेटर परवेज हुसेन इमोन नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा अनुबन्ध हुनुभएको छ ।

जनकपुर बोल्ट्सले बुधबार अबेर राति सामाजिक सञ्जालमार्फत इमोनलाई टोलीमा स्वागत गर्दै उहाँलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।चौबिस वर्षीय बायाँहाते ब्याटर इमोन सन् २०२० मा बङ्गलादेशले यु–१९ विश्वकप जित्दा टोलीका सदस्य हुनुहुन्थ्यो । उहाँले सन् २०२०–२१ को बङ्गबन्धु टी–२० कपमा ४२ बलमै शतक बनाउनुभएको थियो । सन् २०२५ मा उहाँले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध टी–२० अन्तरराष्ट्रियमा पनि शतक प्रहार गर्नुभएको थियो ।

उहाँले हालसम्म ४० टी–२० अन्तरराष्ट्रिय र चार एकदिवसीय अन्तरराष्ट्रिय खेल खेल्नुभएको छ । इमोनले पाकिस्तान प्रिमियर लिग (पिएसएल) खेलिसक्नुभएको छ । एनपिएल उहाँका लागि दोस्रो विदेशी लिग हुनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206