१३ कार्तिक २०८३, बिहिबार

मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन

Logo
Pulse Khabar बिहिबार, कार्तिक १३, २०८३

मुस्ताङ: हिमाली जिल्ला मुस्ताङमा यस वर्ष रु एक अर्ब १४ करोड ९६ लाख बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ ।

कृषि तथा पशु विकास कार्यालयका अनुसार जिल्लाको पाँच स्थानीय तहको कुल ६६२ हेक्टर क्षेत्रफलमा उक्त मूल्य बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको छ । कृषि तथा पशु विकास प्रमुख डा लालमणि अर्यालका अनुसार यस वर्ष उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउ रु २३ करोड छ लाख र परम्परागत स्थानीय स्याउ रु ९१ करोड ९० लाख ९१ हजार बराबरको उत्पादन भएको छ । यस वर्ष मुस्ताङमा हाइब्रिड र स्थानीय जातका स्याउ गरी सात हजार ३८ दशमलव ५४ मेट्रिक टन स्याउ उत्पादन भएको छ । प्रमुख डा अर्यालका अनुसार हाइब्रिड स्याउ ९५९ दशमलव ६२ मेट्रिक टन र स्थानीय परम्परागत स्याउ छ हजार ७८ दशमलव ९२ मेट्रिक टन स्याउ उत्पादन भएको छ । स्याउ बगैँचामा पुगेर कृषि प्राविधिकहरुले क्रप कटिङ विधि अनुसार स्याउको औसत उत्पादन मापन गरिएको कार्यालय प्रमुख डा अर्यालको भनाइ छ ।

यसका अलावा स्याउको उत्पादन परिमाण अनुमान गर्न सम्बन्धित स्थानीय तहका कृषि प्राविधिक तथा स्याउ किसानसँग समन्वय गरिएको उहाँले जानकारी दिनुभयो ।रु ९४ करोड ८० लाख ९२ हजार बराबरको स्याउ जिल्लाबाहिर निकासी हुने जनाइएको छ । यस्तै, रु १७ करोड ५६ लाख बढीको स्याउ जिल्ला भित्रै खपत भएको छ । जिल्लामा हाइब्रिड स्याउ प्रतिकेजी रु २४० र स्थानीय परम्परागत स्याउ प्रतिकेजी रु १५१ बराबर मूल्य निर्धारण गरिएको छ । मुस्ताङमा गत वर्ष छ हजार ६८४ दशमलव ३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । प्रमुख अर्यालका अनुसार गत वर्षको तुलनामा यस वर्ष ३५४ दशमलव २४ मेट्रिक टन अर्थात् (पाँच दशमलव २९) प्रतिशत बढी स्याउ फलेको हो । जिल्लामा ९१७ हेक्टर क्षेत्रफलमा स्याउ बगैँचा विस्तार भएको छ । जसमध्ये हाइब्रिड स्याउको क्षेत्र ७६ हेक्टर र स्थानीय परम्परागत स्याउको क्षेत्र ८४१ हेक्टर रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206