१३ कार्तिक २०८३, बिहिबार

आज रातिदेखि वर्षा र हिमपातको जोखिम, मौसम पूर्ण रूपमा बद्ली

Logo
Pulse Khabar बिहिबार, कार्तिक १३, २०८३

काठमाडौं:बंगालको खाडीमा विकसित ‘अर्णब’ चक्रवात र पश्चिमी वायुको प्रभावले नेपालको मौसम प्रभावित हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) रातिदेखि वर्षा र हिमपातको सम्भावना बढ्नेछ भने केही क्षेत्रमा भारी वर्षा र हिमपातसमेत हुन सक्नेछ ।महाशाखाले शुक्रबार देशका अधिकांश भू–भागमा बादल लाग्ने तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले मौसमको अवस्थालाई ध्यानमा राखेर सतर्क रहनुपर्ने देखिएको छ ।बिहीबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि सामान्यतया बादल लाग्ने महाशाखाले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।दिउँसो कोशी र बागमतीका हिमाली क्षेत्रका केही स्थान तथा अन्य हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्नेछ । मधेश प्रदेश तथा कोशी र बागमतीका पहाडी र तराई क्षेत्रमा पनि केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा समेत वर्षा हुन सक्ने पूर्वानुमान छ ।

आज राति भने मौसम थप बदली हुने देखिएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा अधिकांश बादल लाग्नेछ । यीमध्ये केही स्थानमा चट्याङसहित मध्यम वर्षा र उच्च भूभागमा हिमपात हुन सक्नेछ ।राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । लुम्बिनी र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।शुक्रबार वर्षाको प्रभाव थप फैलिन सक्ने अनुमान गरिएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना पनि छ ।महाशाखाका अनुसार शुक्रबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा उच्च भूभागमा भारी हिमपात हुन सक्छ । कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206