०८ कार्तिक २०८३, शनिबार

हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

Logo
Pulse Khabar शनिबार, कार्तिक ०८, २०८३

काठमाडौँ: नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने जनाएको छ ।

महाशाखाले देशको तराई भू–भागमा मौसम मुख्यतया सफा हुने जनाएको छ । त्यसैगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाले कात्तिक ८ गते दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने बताएको छ । त्यसैगरी देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको जनाएको छ ।

त्यसैगरी आइतबार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहने बताइएको छ । त्यसैगरी कात्तिक ९ गते सोमबार देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने छ । सोही दिन देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206