०६ कार्तिक २०८३, बिहिबार

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

Logo
Pulse Khabar बिहिबार, कार्तिक ०६, २०८३

दमौली: तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित चारवटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ ।

यसका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र थानी काली जोशी संयुक्त उपक्रम (जेभी), काठमाडौँबीच ठेक्का सम्झौता भइसकेको छ ।आयोजनाको जलाशय निर्माणका कारण प्रभावित हुने झोलुङ्गे पुलहरूको पुनःस्थापना तथा पुनर्निर्माणका लागि सम्झौता गरिएको हो । ठेक्का सम्झौताको रकम करबाहेक रु १६ करोड ९७ हजार ३८ रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार जलाशयबाट प्रभावित हुने पुलमध्ये स्थानीयवासीसँगको परामर्शमा उपयुक्त स्थान छनोट गरी चारवटा पुल पुनर्निर्माण गर्न लागिएको हो । पुल निर्माणका लागि आवश्यक उपकरण तथा सामग्रीसमेत आपूर्ति भइसकेको उहाँले जानकारी दिनुभयो ।

आयोजनाअन्तर्गत चुलेसी, टुनिबोटे, डब्ल्याङ र टुटुवामा झोलुङ्गे पुल निर्माण गरिनेछ । जलाशयका कारण पुराना पुल प्रभावित हुने भएपछि स्थानीयवासीको आवतजावत सहज बनाउन उपयुक्त स्थानमा पुल पुनःस्थापना गर्न लागिएको भण्डारीले बताउनुभयो । जलाशय निर्माणका कारण प्रभावित हुने बस्तीका बासिन्दालाई आवतजावतमा समस्या नहोस् भन्ने उद्देश्यले पुल पुनर्निर्माणलाई प्राथमिकता दिइएको हो । स्थानीयबासीसँगको परामर्शका आधारमा पुल रहने स्थान तय गरिएकाले यसबाट स्थानीय बासिन्दाको दैनिक आवागमन तथा विभिन्न सेवा सुविधामा पहुँच सहज हुने अपेक्षा गरिएको भण्डारीको भनाइ छ । सम्झौताअनुसार चारवटै झोलुङ्गे पुलको निर्माण २०८५ साल वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206