०७ साउन २०८२, बुधबार

अन्तर्राष्ट्रिय खेलमा पदक विजेता खेलाडी सम्मानित

Logo
Pulse Khabar बुधबार, आषाढ २५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तरराष्ट्रिय खेल प्रतियोगितामा देशको प्रतिष्ठा बढाउने पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममार्फत उनले नगदसहित प्रमाणपत्र प्रदान गर्दै खेलाडीहरूको हौसला बढाएका हुन् ।

गत कात्तिकमा जापानमा सम्पन्न तेस्रो थाउलो वर्ल्ड कपमा कास्य पदक जितेका विजय सिँजालीलाई ६५ लाख रुपैयाँ नगदसहित सम्मान गरियो । त्यस्तै, फागुनमा इरानमा भएको छैटौँ एसियन महिला कबड्डी च्याम्पियनसिपमा कास्य पदक जित्ने मनमती विष्टसहितको टोलीलाई जनही १ लाख ५० हजार रुपैयाँ प्रदान गरियो ।

श्रीलङ्कामा आयोजित ‘काभा यु–२०’ पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक जित्ने अर्जुन नेपालीसहित टोलीलाई पनि जनही ३ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।

यसैगरी मलेसियामा सम्पन्न ‘एसिसी यु–१६ इस्ट जोन कप’ क्रिकेट प्रतियोगितामा सिंगापुरलाई हराएर उपाधि जित्ने विपिनप्रसाद शर्मा नेतृत्वको टोलीलाई पनि प्रधानमन्त्रीले बधाई र शुभकामना दिए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “खेल क्षेत्रमा अहिले सरकारले उच्च प्राथमिकता दिएको छ। खेलाडीहरूले पनि व्यावसायिक ढङ्गले परिश्रम र समर्पण गर्न सके सफलता अवश्य प्राप्त हुन्छ ।”

उनले देशको प्रतिष्ठा बढाउने खेलाडी, प्रशिक्षक र व्यवस्थापक सबैलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा अझ राम्रो गर्ने विश्वास व्यक्त गरे ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी वर्ष खेलकुद क्षेत्रको बजेट झन्डै दोब्बर बनाइएको जानकारी दिँदै कीर्तिपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण अन्तिम चरणमा पुगेको बताए ।

कार्यक्रममा विभिन्न खेल संघका प्रतिनिधि, खेलाडी र पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206