२८ भाद्र २०८३, आइतबार

हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

Logo
Pulse Khabar आइतबार, भाद्र २८, २०८३

डडेल्धुरा: डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ ।

आज सम्पन्न फाइनल खेलमा हरिओम र निरजको जोडीले योगेश बोहरा र भरतबहादुर ऐरको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसँगै विजेता केसी र मल्लको जोडीले रु २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेता बोहरा र ऐरको जोडीले रु १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बोहरा र ऐरले प्राप्त गरेको रकम भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको छ ।

विजेता तथा उपविजेता खेलाडीलाई भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । पुरस्कार वितरण कार्यक्रममा अध्यक्ष चटौतले खेलकुदले आपसी भाइचाराको विकास गर्नुका साथै स्वस्थ जीवनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । जिल्ला खेलकुद समिति डडेल्धुराका अध्यक्ष जगतबहादुर ऐरले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिइने बताउनुभयो । जिल्ला खेलकुद समितिद्वारा आयोजित सो प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206